2

Logo २०८३ बैशाख १३ आइतबार
माथागढीमा आयुर्वेद र योग शिक्षा शुरू

माथागढीमा आयुर्वेद र योग शिक्षा शुरू


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक २९ २०८२
197

पाल्पा ।

विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा अभिमुखीकरण शुरू भएकाे छ। माथागढी गाउँपालिकाकाे समन्वय र चिदीपानी आयुर्वेद औषधालयको आयोजनामा ज्ञानोदय आविमा शुक्रबारदेखि चार दिने याेग शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सुरू भएकाे हाे ।

कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले आयुर्वेद सेवा र आयुर्वेद शिक्षालाई पालिकाले पनि महत्व दिँदै कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । उहाँले दैनिक योग गर्नाले स्वास्थ्यमा सकारात्मक परिवर्तन हुने उल्लेख गर्नुभयाे । कार्यक्रममा ज्ञानाेदय आविका प्रध्यानध्यापक विजयद्वीप पन्थीले कार्यक्रम सफलताको शुभकामना दिनुभयाे ।

कार्यक्रम डा. श्रीधर अधिकारीकाे स्वागत वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीकाे अध्यक्षता र विकास काफ्लेकाे संचालनमा भएकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com