सत्यवतीकाे भेटी गणना चल्दै
पाल्पा ।
तिनाउ-४ सत्यवतीमा चार दिनसम्म चलेकाे वर माग्ने मेलामा सहभागी भक्तजनले चढाएका भेटी गणना कार्य अझै सकिएकाे छैन ।
बिहीबारदेखि नै भेटी गणना कार्य चलिरहेकाे समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयाे । उहाँका अनुसार हालसम्म ३२ लाख रकम गन्ने काम सकिएकाे छ । भेटी गणना कार्य सकेसम्म छिटाे सक्ने गरी काम भइरहेकाे छ । यस पटक चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी सहभागी भएकाे बताइएकाे छ ।
धेरै सहभागीका कारण मेला व्यवस्थापकलाई व्यस्थापनमा समस्या परेकाे थियाे । मेलामा सहभागी भक्तजनले सडक र ट्राफिक व्यवस्थापनमा देखिएकाे कमजाेरीका कारण सास्ती बेहाेर्नु परेकाे गुनासाे गरेका छन् ।