2

Logo २०८३ बैशाख १३ आइतबार
को हुन्? थपिने चार मन्त्री, आजै सपथको तयारी

को हुन्? थपिने चार मन्त्री, आजै सपथको तयारी


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक १० २०८२
337

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारमा आज चार नयाँ मन्त्रीहरू थपिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम मन्त्री पदका लागि राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको छ । उनीहरूको शपथ ग्रहण आज २ बजेपछि हुने तयारी छ ।

नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी पनि तोकिसकिएको छ । डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारले श्रम तथा रोजगार मन्त्रालय र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । राष्ट्रपति कार्यालयले केही बेरमा शपथ ग्रहणको समय सार्वजनिक गर्ने जनाएको छ ।

को हुन् नयाँ मन्त्रीका चार अनुहार ?

डा. सुधा शर्मा गौतम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्न लागेकी डा. सुधा शर्मा गौतम पूर्व स्वास्थ्य सचिव तथा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनको प्रशासकीय अनुभव र चिकित्सा क्षेत्रको गहिरो ज्ञानले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ । लेखनमा पनि सक्रिय डा. गौतमका ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ जस्ता पुस्तकहरू प्रकाशित छन् । उनी स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउन कटिबद्ध छिन्।

गणपति लाल श्रेष्ठ : सम्पदा संरक्षण अभियन्ताका रूपमा ख्याति कमाएका गणपति लाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बागडोर सम्हाल्दै छन् । रानीपोखरी र बसन्तपुर दरबार क्षेत्र लगायतका महत्वपूर्ण सम्पदाहरूको संरक्षणमा उनको योगदान प्रशंसनीय छ । उनले सम्पदा संरक्षण अभियानबारे विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालयमा समेत प्रस्तुति दिई नेपालको सांस्कृतिक सम्पदाको महत्व अन्तर्राष्ट्रियस्तरमा पुर्‍याइसकेका छन् । उनको अनुभवले नेपालको पर्यटन प्रवर्द्धन र सांस्कृतिक धरोहरहरूको संरक्षणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

खगेन्द्र सुनार : दलित अधिकारकर्मीका रूपमा परिचित खगेन्द्र सुनारले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा गरेको प्रदर्शन होस् वा रुकुम पश्चिम घटनाका पीडितलाई न्याय दिलाउन गरेको अथक संघर्ष होस्, खगेन्द्र सधैं दलित समुदायको हक अधिकारका लागि अग्रपंक्तिमा उभिएका छन् ।

बब्लु गुप्ता : सामाजिक कार्यमा सक्रिय बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा आउँदै छन् । कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका बब्लुले त्यसअघि विपन्नका लागि कपडा बैंक अभियान समेत चलाएका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाउने र बिरामीका लागि रगत खोजिदिने जस्ता परोपकारी कार्यमा संलग्न बब्लुको सामाजिक चेतना र सेवाभाव युवा तथा खेलकुद क्षेत्रको विकासमा ऊर्जा थप्ने विश्वास गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com