आइसीसी क्रिकेट विश्वकप: अमेरिका ब्याटिङ गर्दै
दुबई ।
नेपालले आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आज अमेरिकाविरुद्ध खेल्दैछ ।
दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा शुरु खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दैछ । योसँगै अमेरिकाले पहिला ब्याटिंग गरेको छ ।
आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७ औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन् । जसमा दुवै देशले ४-४ खेल जितेका छन् । त्यस्तै एक खेल टाइ भएको थियो ।
हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २० खेल खेल्दै २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० मध्ये १४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १६ खेलमा ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ९ खेलमा हार बेहोरेको छ ।
आजको अमेरिकाविरुद्धको नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, भीम सार्की, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।