2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा माेटरसाइकल आपसमा ठाेक्किदा एककाे मृत्यु, तीन घाइते

पाल्पामा माेटरसाइकल आपसमा ठाेक्किदा एककाे मृत्यु, तीन घाइते


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक ८ २०८२
344

पाल्पा ।

कालीगण्डकी करिडोर सडक खण्डमा पिपलडाडा हुुँदै रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा बगनासकाली-९, चापपानीकाे २८ वर्षका अर्जुन विक रहेकाे प्रहरीले जनाएकाे छ ।

दुई मोटरसाईकलमा सवार ४ जना घाईते भएका हुन् ।
विकलाई रामपुर अस्पतालमा उपचारका लागि पठाइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । मृतक लु १३ प ८६३५ नम्बरको मोटरसाईकल पछाडि सवार रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । अन्य तीन जना घाइते भएका छन् ।

घाइतेहरूमा लु १३ प ८६३५ नम्बरको मोटरसाईकल चालक जिल्ला पाल्पा बगनासकाली गा.पा.९ बस्ने वर्ष ५१ को विष्णु प्रसाद बि.क, लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल चालक जिल्ला स्याङजा चापाकोट न.पा.९ बस्ने वर्ष अन्दाजी २९ का विवेक भट्टराई र लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल पछाडि सवार जिल्ला रुपन्देही तिलोत्तमा न.पा. ५ मणिग्राम बस्ने वर्ष अन्दाजी २८ का दिपक पाण्डे रहेका छन् ।

उनीहरूमा पनि गहिरो चोट छ । दिउँसो साढे २ बजेतिर दुर्घटना  भएकाे हाे । दुर्घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com