2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल संवत् ११४६ लाई पाल्पामा स्वागत

नेपाल संवत् ११४६ लाई पाल्पामा स्वागत


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक ७ २०८२
344

पाल्पा ।

जिल्लाको रामपुरमा नेवाः देय दबू रामपुर नगर समितिले नेपाल संवत् ११४६ को शुभारम्भका अवसरमा दिप प्रज्वलन सहित स्वागत गरेको छ ।  रामपुरको बेझाँड चोकमा नेवार समुदायले एक आपसमा शुभकामना आदनप्रदान सहित दिप प्रज्वलन गरी नेपाल संवत्‌को स्वागत गरेका हुन् ।

नेवारी पोषाकमा सजिएका महिला पुरुष धिमे बाजा सहित नेवारी समुहको व्यानर बोकेर र्‍यालीमा सहभागी भएका थिए । र्‍यालीपछि बजार चोकमा नेवाः देय दबू रामपुर नगर समितिका अध्यक्ष रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा माल्यार्पण गर्दै नेपाली समाजमा शंखधर साख्वाले दिनुभएको योगदान सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । नेपाल संवत्‌लाई सरकारले पनि मान्यता दिएको स्मरण गराउँदै गर्दै भाषा र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाका अध्यक्ष गम बहादुर थापा मगरले नेपाल संवत्‌का प्रवर्तक एवं समाजमा महत्वपूर्ण योगदान दिनु भएका शंखधर साख्वालाई राज्यले राष्ट्रिय विभुतिको घोषणा गरे पनि उचित सम्मान गर्न नसकेको गुनासो गर्नु भयो । नेवाः देय् दबू जिल्ला कार्यसमिति पाल्पाका उपाध्यक्ष शान्ति श्रेष्ठले नेपाल संवत्‌लाई नेवा समुदायको लागि मात्र नभै सबैको साझा भाषाको रुपमा लिनुपर्ने बताउनुभयो । मानन्धर गुठी रामपुरका सदस्य कुशल मानन्धरले म्ह: पूजाको महत्वको बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रमको अवसरमा २०८१ को एसईई परीक्षामा चार जिपिए ल्याउन सफल अनुजा श्रेष्ठलाई नेवाः देय दबू रामपुरले सम्मान गरेको थियो ।

नेवाः देय दबू रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले नेपाल संवतको महत्वबारे जानकारी दिन हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नेपाल भाषाको जगेर्नाका लागि कक्षा सञ्चालन समेत गरिएको बताउनुभयो । नेवाः देय दबू रामपुरका वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विन्दु श्रेष्ठले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com