2

Logo २०८३ बैशाख १३ आइतबार
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्णय प्रमाणित सहितको वार्षिक साधारण सभा

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्णय प्रमाणित सहितको वार्षिक साधारण सभा


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक ३ २०८२
302

पाल्पा ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको निर्णय प्रमाणित सहितको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्र स्तरीय साधारण सभाबाट आएका सुझावहरु माथि छलफल गरी सहकारीले  निर्णय प्रमाणित सहितको साधारण सभा गरेको हो ।

गत असोज २२ देखि सेवा केन्द्र स्तरीय रुपमा साधारण सभा सञ्चालन गरेको सहकारीले केन्द्रहरु बाट चयन भै आउनु भएका ४५ जना प्रतिनिधि सहित संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, विभिन्न उपसमिति र सेवा केन्द्रका प्रमुखहरुको उपस्थितिमा निर्णय प्रमाणित सभा गरेको थियो । केन्द्रीय कार्यालयको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीलाई प्रदेशमा मात्र नभै नेपाल कै उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्न लागि परेको बताउनुभयो ।

सेयर सदस्यहरुको विशिष्ट योगदान, सल्लाहाकारहरुको मार्गनिर्देशन, सञ्चालक समिति तथा उपसमितिको सक्रियता र कर्मचारीहरुको मेहेनत र इमान्दारिताले नै सहकारी वर्तमान अवस्था सम्म आईपुगेको बताउनुभयो । कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपाल प्रमुख वक्ताको रुपमा सञ्चालक समिति र लेखा समितिको काम, कर्तव्यर अधिकारीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा शेयर सदस्य एवं युवा समाजसेवी सन्दिप रानाले लघुउद्यमीहरुलाई अघि बढाउन सहकारीले लगानी गर्न सकेमा मुलुकलाई उत्पादनमा आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रममा शेयर सदस्यहरु भिम बहादुर नाम्जाली, शम्भु प्रसाद अर्याल, बासुदेव ढकाल र एकराज गौतम आफ्‌नो सुझाव सहितको राय व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले साधारण सभामा छलफलका लागि निर्णयार्थ प्रस्तुत गरिएको १७ वटा प्रस्ताव बारे जानकारी गराउनु भएको थियो । निर्णय प्रमाणित सहितको सभाले गत अर्थिक वर्षमा सहकारी मुनाफा गरको रकम मध्ये शेयर लाभांश ५.५ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ । सहकारीले गत आर्थिक वर्षमा ३ करोड ४६ लाख ६१ हजार ४८९ खुद नाफा गर्न सफल भएको बताउनुभयो ।

साधारण सभाको अन्तिम निर्णयमा हस्ताक्षरका लागि प्रतिनिधि चयन गरिएको संस्थाका सचिव ओम प्रकाश बस्यालले बताउनुभयो । कार्यक्रमको अवसरमा संस्थाका सल्लाहाकार सदस्य तथा सञ्चार क्षेत्र मार्फत महत्वपूर्ण टेवा दिने सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेको थियो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको निर्णय पारित सहितको सभा उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो । खेतको आली बाट २०५५ सालमा सुरु भएको सहकारीमा हाल पाल्पा जिल्ला भित्रका ११ हजार ४४० भन्दा बढी शेयर सदस्य आवद्ध रहेका छन् । साथै कुल पुँजी १ अर्ब ६४करोड ३९ लाख २४ हजार ४२३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com