2

Logo २०८३ बैशाख १३ आइतबार
युनाईटेड युथ क्लव, नवलपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश

युनाईटेड युथ क्लव, नवलपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक २ २०८२
407

पाल्पा ।

टाइब्रेकरमा ४–३ को जित निकाल्दै साविक विजेता टिम युनाईटेड युथ क्लव, नवलपुर वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको फाइनलमा प्रवेश गरेको छ । रामपुर नगरपालिका–७, किसानबारीमा जारी जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहितको राष्ट्रिय नकआउट फुटबल प्रतियोगितको पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर, नवलपुरलाई पछि पार्दै युनाईटेड युथ फाइनलमा पुग्न सफल भएको हो ।

शनिबार भएको खेल निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरको माध्यम बाट विजेता घोषणा गरिएको हो । खेलको पहिलो हाफको १३ औ मिनेट मै एरोन थापाले गोल गर्दै युनाईटेड युथ क्लवलाई प्रदान गर्न सफल हुनु भएको थियो । पहिलो हाफ १–० को अग्रतामा सकिए पनि दोस्रो हाफमा खेलको ५७ औ मिनेटमा अभिषेक चर्चका लागि विक्की चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल हुनु भएको थियो । दुवै टिमले एक अर्कालाई निकै दबाबमा राखे पनि त्यस पश्चात कुनै गोल हुन सकेन । बराबरीमा खेल सकिए संगै टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा युनाईटेड युथका आरन थापा, जेविन लामिछाने, लक्षु थापा र अनिल राना मगरले हानेको प्रहार गोलमा परिणत भएको थियो । तर निर्मल बलले हानेको चौथो बल भने अभिषेक चर्चका गोलरक्षक टोप बहादुर रानाले सहजै गोल हुन बाट बचाएका थिए । अभिषेक चर्चका लागि विक्रम लामा, अनिल खड्का र अनिश परियारले हानेको प्रहारले गोल पोष्टको जाली चुमे पनि सुजित बुढाथोकीले हानेको पहिलो बल युनाईटेड युथका गोलरक्षक निशान रानाले बचाउनु भएको थियो । साथै आशिष सुनामले हानेको अन्तिम पाँचौ बल क्रस बारमा लाग्दै बाहिरिए पछि ४–३ को गोल अन्तरमा अभिषेक चर्च सेमिफाइनलमा पराजित हुन पुगेको हो ।

पहिलो सेमिफाइनल खेलमा युनाईटेड युथ क्लवका गोलरक्षक निशान राना म्यान अफ दि म्याच घोषित हुँदै नगद ३ हजार पुरस्कार बाट सम्मानित हुनु भएको छ । त्यस्तै जेविन लामिछानेले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधिसगै गिफ्ट ह्याप्पर प्राप्त गर्नु भएको छ । भोलि दोस्रो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देही र आयोजक ज्योतिपुञ्ज युवा क्लवले प्रतिस्पर्धा गर्ने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । दोस्रो ज्योतिपुञ्ज कपको विजेता युनाईटेड युथ क्लवले आइतबारको खेलको विजेता टिम संग यस पटक पनि उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल कात्तिक ३ गते सोमबार हुनेछ । प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनल पराजित टिमलाई २५/२५ हजार प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ । रामपुर नगरपालिका ७ किसानबारीमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा १० समूहले भाग लिएका थिए ।

शनिबारको खेल ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षता र चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँणले नदीले चापाकोट र रामपुरको सिमा निर्धारण गरेपनि सामाजिक, संस्कृतिक पक्ष संगै विकासमा सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले रामपुरमा खेलकुद पूर्वाधार निर्माण हुनु चापाकोटको लागि पनि गौरवको कुरा भएको बताउँदै रंगशाला निर्माणमा चापाकोट नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com