2

Logo २०८३ बैशाख १३ आइतबार
आयोजक ज्योतिपुञ्ज युवा क्लब सेमिफाइनलमा प्रवेश

आयोजक ज्योतिपुञ्ज युवा क्लब सेमिफाइनलमा प्रवेश


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२
400

पाल्पा ।

आयोजक ज्योतिपुञ्ज युवा क्लब पाल्पामा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा ज्योतिपुञ्जले भैरव स्पोर्टस क्लब, नवलपरासीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

रामपुर–७, किसानबारी स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा ज्योतिपुञ्जका लागि दुवै गोल सुजल डंगोलले गरेका हुन् । भैरवका लागि नरेन्द्र चौधरीले आत्मघाती गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच ज्योतिपुञ्ज कै सुजल डंगोल घोषित भए । त्यस्तै रेडबुल इनरजेटिक प्लेयरको पुरस्कार भने ज्योतिपुञ्जका आशिष गुरुङले हात पारे ।

प्रतियोगिता अन्तर्गत असोज २९ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल साविक विजेता युनाइटेड युथ क्लब, गिरुबारी, नवलपुर र नवप्रवेशी टोली समपुर्ण युवा क्लब, सुपौली, रुपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com