2

Logo २०८३ बैशाख १३ आइतबार
हमासद्दारा बिपिन जोशीको मृत्यु भएको पुष्टि

हमासद्दारा बिपिन जोशीको मृत्यु भएको पुष्टि


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
351

काठमाडौं ।

हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ ।

एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको हो । अल-कसम ब्रिगेड्सले आज (सोमबार) चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ ।

विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ । यो घटना इजरायल र हमासबिचको सम्झौताको एक भागको रूपमा भएको भनिएको छ । जसअनुसार इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ । तर, अझै पनि केही मृत इजरायली बन्दीका अवशेषहरू हमासको नियन्त्रणमा रहेको बताइएको छ ।

इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शवहरू फिर्ता गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com