2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर उद्योग वाणिज्य संघको एघारौं वार्षिक साधारण सभा सम्पन्न,

रामपुर उद्योग वाणिज्य संघको एघारौं वार्षिक साधारण सभा सम्पन्न,

संघको नबनिर्मित भवन उद्घाटन

Sabalnews प्रकाशित मिति : शनिबार, असोज २५ २०८२
183

पाल्पा ।

रामपुर उद्योग वाणिज्य संघ रामपुरले एघारौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । शुक्रबार संस्था स्थापना दिवसको अवसरमा कार्यालय परिषरमा कार्यक्रम गरेको छ ।

वार्षिक साधारण सभा एवं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले रामपुरको चिनारीमा उद्योग वाणिज्य संघको भुमिका उल्लेख्य रहेको बताउनुभयो । देशको अबस्थामा निजि क्षेत्र सुरक्षित छैन देशको अर्थतन्त्र धान्ने निजि क्षेत्रको अब कसले सुरक्षाको जिम्मेवार लिने? जेनजी आन्दोलनमा घुसपैठ भएको भनिएको छ घुसपैठ भए कारबाही हुनपर्छ- उहाँले भन्नुभयो । युवाहरुको माग र तीब्र परिवर्तनका लागि अब पार्टी पनि सच्चिनुपर्छ श्रेष्ठले भन्नुभयो ।
लोकतन्त्र मान्ने, संविधान मान्ने तर पार्टी मान्दिन भन्न मिल्दैन उहाँले अब सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले सुरक्षाको प्रत्याभूति नभएसम्म उद्योग व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन लगाएतको माग राख्दै भएको जेन्जी आन्दोलनका क्रममा घुसपैठका कारण निजी क्षेत्र माथि भएको भएको प्रहार र कानुनको दायरामा गल्ती गर्नेलाई ल्याउनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले पछिल्लो मुलुकको परिस्थितिले निजी क्षेत्र धर्मराएकोले सद्भाव कायम गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।  बाह्य लगानीको कल्पना गर्न सक्दैनौ । सरकारलाई पूर्ण विश्वास गरेर हिड्न सक्ने अवस्था पनि छैन । अबको विकल्प भनेको सद्भाव कायम गरेर सच्चिएर अघि बढ्न प्रेरित गर्नु हो- उहाँले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले सम्भावनाको खोजी गरि काममा प्ररित हुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य किशोर आचार्य, जिल्ला उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ,रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार हजुल मियाँ ,नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल लगायतले उद्योग व्यवसायीलाई उठाउने गरि अब संघ लाग्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघले सञ्चालन गरेका कार्यक्रम र भावी योजनाका विषयमा जानकारी गराउनुभएको थियो । २०७२ सालमा दर्ता भएको संघले छोटो समयमा नै आफ्नै भवन बनाएर सेवा दिएको छ भने महासंघको सदस्यता प्राप्त गरेको  छ ।

सोही अवसरमा संघको नवनिर्मित प्रशासन भवनको प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले  उद्घाटन गर्नुभयो । कार्यक्रमको अवसरमा पूर्व पदाधिकारी एवं भवन निर्माणमा सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको छ ।

संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत र वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुको धन्यवाद ज्ञापनमा भएको हो भने कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी (पुरुषोत्तम)ले गर्नुभएको हो । कार्यक्रमको बिचबिचमा श्रीकृष कलाकेन्द्रले नाचगान प्रस्तुत गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com