2

Logo २०८३ बैशाख १३ आइतबार
सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडाेरमा सवारी संचालनमा राेक

सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडाेरमा सवारी संचालनमा राेक


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १८ २०८२
351

पाल्पा ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडाेर सडकमा सवारी साधन संचालनमा राेक लगाएकाे छ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे जिल्ला सुरक्षा समितिकाे वैठकले सिद्धार्थ राजमार्गकाे विभिन्न स्थानमा पहिराे जान सक्ने सम्भावना रहेकाले असाेज १८ गते साझबाट १९ र २० गते अत्यावश्यक बाहेकका अन्य सवारीसाधन संचालनमा राेक लगाइएकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुवरले जानकारी दिनुभयाे ।

तीन दिनसम्म वर्षात् हुने र बाढी पहिराे जान सक्ने सम्भावनालाई दृष्टिगत गरी सिद्धार्थ राजमार्ग र कालीगण्डकी काेरिडाेरमा लामाे तथा छाेटाे दुरीका सवारीसाधन संचालनमा राेक लगाइएकाे प्रजिअ बज्राचार्यले जानकारी दिनुभयाे ।

प्रशासनले तीन दिनकाे अबधिमा जुनसुकै बेला भारी वर्षा हुन सक्ने र बाढी तथा पहिराेकाे जाेखिम रहेकाले सचेत भएर बस्न, खाेला किनारमा नबस्न, जिल्लास्थित सुरक्षा निकाय, नागरिक समाज, रेडक्रसलगायतका संघसंस्थाले आवश्यक पूर्व तयारी गर्न अनुराेध गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com