2

Logo २०८३ बैशाख १३ आइतबार
विपद् जोखिम न्यूनीकरण गर्न सरोकारवालाबीच सहकार्य आवश्यक- गृहमन्त्री अर्याल

विपद् जोखिम न्यूनीकरण गर्न सरोकारवालाबीच सहकार्य आवश्यक- गृहमन्त्री अर्याल


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १८ २०८२
435

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सबै सरोकारवालाबीचको सहकार्य बढाउनुपर्ने बताउनुभएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कुरा गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापनका लागि सरकार र नागरिकका साथसाथै सामुदायिक एवं व्यवसायिक संस्थाहरुबीच समझदारी विकास हुनुपर्ने धारणा राख्नुभएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको स्पिरिटअनुसार काम हुनुपर्ने उल्लेख गर्दै विपद् जोखिम व्यवस्थापनमा गरिएको निर्देशनको पूर्ण पालना हुनुपर्ने बताउनुभयो।

शुक्रबारदेखि भइरहेको भारी वर्षाका कारण हालसम्म मानवीय क्षति नभएको र त्यस्तो क्षति शुन्य नै होस् भन्ने हिसाबले सरकारले काम गरिरहेको बताउँदै उहाँले त्यसमा कमी कमजोरी नहोस् भन्ने ढंगले निर्देशन गरिएको पनि जानकारी दिनुभयो।

गृहमन्त्री अर्यालले विपद्का बेला आर्थिक उपार्जनको मौका हो भनेर फाइदा उठाउने तत्वहरुलाई कडा रुपमा निगरानी गर्न मातहतका संयन्त्रलाई निर्देशन पनि दिनुभयो। सुशासनको विषयवस्तु विपद्का बेला अझ महत्वपूर्ण हुने मन्त्री अर्यालको धारणा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com