2

Logo २०८३ बैशाख १३ आइतबार
पानीको मेघ बढ्दो, सोमबारसम्म जरुरी नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह

पानीको मेघ बढ्दो, सोमबारसम्म जरुरी नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज १६ २०८२
421

काठमाडौं ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ ।

प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च सतर्कताका लागि बुधबार राती नै आग्रह गरेको हो। प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने व्यवस्था गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई समेत आग्रह गरिएको छ।

त्यस्तै, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ। डुबान हुने वस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने तयारी गर्न समेत आग्रह गरेको छ।

प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सार्वजनिक अपिल गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com