2

Logo २०८३ बैशाख १३ आइतबार
दशै लगत्तै पाल्पामा “लालीगुराँस कप” यू-१९ सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता, १८ टिमको सहभागिता रहने

दशै लगत्तै पाल्पामा “लालीगुराँस कप” यू-१९ सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता, १८ टिमको सहभागिता रहने


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज १४ २०८२
561

पाल्पा ।

एल जि एसोसियसनको आयोजनामा रामपुर नगरपालिका ५ ठुलोटारमा ‘लालीगुराँस कप’ यू–१९ सेभेन ए साईड राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । एल जि (लालीगुराँस) एसोसियशन रामपुरको आयोजनामा दशै लगत्तै आगामी असोज १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक संगै ‘लालीगुराँस कप’को बारेमा जानकारी गराएको छ । एसोसियशनका अध्यक्ष मधुसुदन पोखरेलको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको प्रमुख आतिथ्यतामा भएको थियो ।

ट्रफी सार्वजनिक गर्नुहुँदै नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले प्रतियोगिताले नयाँ खेलाडीलाई प्रोत्साहन गर्नुका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । पर्वहरुको अवसरमा खेलसंगै रमाउन प्रोत्साहन गर्ने तर खेल अनुशासित र मर्यादित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा खेल संयोजक आदेश रानाले प्रतियोगितामा काठमाडौ, पोखरा, बुटवल, चितवन, मकवानपुर सहित विभिन्न जिल्लाका टिम र आयोजक संगै रामपुर नगरका ३ टिम गरी १८ टिम विच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा विजेता समूहले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने जानकारी दिनुभयो । साथै सेमिफाइनल पुगेका टोलीलाई जनही २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, डिफेन्स, गोलरक्षक, फर्वार्ड, मिडफिल्डर, स्थानीय खेलाडी, प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्टलाई नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने आयोजकले जनएको छ ।

यू–१९ सेभेन ए साईड प्रतियोगिताको खेलाडीहरुको जन्ममिति भने २०६३ साल असार ३० गतेपछिको मात्र हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने टिमलाई बसोबास तथा खानपानको व्यवस्था आयोजकले गर्नेछ ।

लालीगुराँस एसोसियशनका अध्यक्ष मधुसुदन पोखरेलले नयाँ प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जानकारी दिदै दर्शकहरुलाई सहजरुपमा खेल अवलोकनका लागि व्यवस्था गरिएको बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि २५ लाख खर्च हुने अनुमान गरिएको पोखरेलले बताउनुभयो । विभिन्न व्यक्ति तथा संघ संस्था मार्फत सहयोग प्राप्त भईरहेको उहाँले जानकारी दिनुभयो ।

मटेरी ठूलोटारमा हुने प्रतियोगिताको सहआयोजकमा युथ युनियन मटेरी, प्रायोजकमा रामपुर नगरपालिका र सहयोगीहरुमा लालीगुराँस एसोसियशन नेपाल, एन्फा, मर्दीखोला युनाईटेड र रामपुर जेसिस रहेको छ । पत्रकारहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनको सञ्चालन युथ युनियन मटेरीका अध्यक्ष कमल रानाको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com