2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समिक्षा

निस्दीमा स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समिक्षा


Sabalnews प्रकाशित मिति : शनिबार, असोज ११ २०८२
358

पाल्पा ।

आर्थिक वर्ष २०८१/०८२ मा पाल्पाको निस्दी गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा गरेको छ । निस्दी गाउँपालिकाको सभाहलमा पालिका स्तरीय गतबर्ष भित्र पालिकामा स्वास्थ्य सम्बन्धि सञ्चालन भएका कार्यक्रमको स्वास्थ्य सस्थाहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण भएकोले निस्दीले सचेतना र उपचारमा चासो दिएको बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोख्रेलले स्वास्थ्य सम्बन्धि प्रगति गर्नुपर्ने काम लिनुपर्ने लक्ष्य र सोही अनुरुप रिजल्टका बिषयमा जानकारी दिदै स्थानीय तह नजिकको सरकार भएकोले स्वास्थ्य र सचेतनामा अगाडी हुनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य शाखा रेम बहादुर दिशाले आ.व. २०८१/०८२ का गतिविधिहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै वडास्तरका स्वास्थ्य संस्था प्रतिनिधिहरूले स्वास्थ्य सेवामा आएको उपलब्धि, चुनौती र आगामी सुधारका सम्भावनाबारे आफ्ना अनुभवहरू राख्नुभएको थियो ।

समीक्षाबाट स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, थप प्रभावकारी कार्यक्रम कार्यान्वयन, र स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने विषयमा महत्वपूर्ण सुझावहरू संकलन गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com