2

Logo २०८३ बैशाख १३ आइतबार
८ नम्बर वडाले गर्यो चाडपर्वको शुभकामना आदान प्रदान सहित विद्यार्थी सम्मान

८ नम्बर वडाले गर्यो चाडपर्वको शुभकामना आदान प्रदान सहित विद्यार्थी सम्मान


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज १० २०८२
393

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर ८ ले वडाभित्रको विद्यालयबाट कक्षा १२ मा उत्कृष्ट नतिजा लाउने विद्यार्थी र एसइईमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

वडाको एकमात्र माध्यमिक विद्यालय गंगा माविबाट एसइईमा ए प्लस ल्याउने विद्यार्थी आषिश श्रेष्ठ, आकाश देवकोटा, प्रतिक अधिकारी, समिर मानन्धरलाई र कक्ष १२ मा ए प्लस ल्याउने विद्यार्थी हिमानी जिटि र हेमकला सेनलाई नगर प्रमुख रमण बहादुर थापा, वडाध्यक्ष दिनेश आचार्यले सम्मान पत्र र नगद सहिद फुलमाला अविरले सम्मान गर्नुभएको हो ।

वडा कार्यालय कुमराङमा भएको कार्यक्रममा विद्यार्थी सम्मान गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले उत्कृष्ट विद्यार्थीलाई बधाई दिदै राम्रा कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले सामाजिक सन्देशमा जे पायो त्यही लेख्ने नकारात्मक मात्र भन्दा सकारात्मक र सुझाबहरु लेख्न र हेर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देबराज देबकोटाले वडाले शैक्षिक विकासमा काम गरौ भन्दा २ महिना विद्यालय राखेर विद्यार्थी पढाउन सहयोग गरेकोले सोही जगले पनि राम्रो नतिजा आएको बताउनुभयो । नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति गंगा बहादुर आचार्य, नेकपा एमाले वडाकमिटी अध्यक्ष शिव प्रसाद अधिकारी, खालिबन स्वास्थ्य चौकीका प्रमुख सुबास अधिकारी, ४ नम्बर टोल संयोजक मुक्तिप्रसाद न्यौपाने, पत्रकार रमा भण्डारी, अपांग समन्वय समिति वडा नम्बर ८ का संयोजक देबिलाल अधिकारी, अभिभाबक प्रकाश अधिकारी, विद्यार्थी हिमानी जिटी लगायतले बोल्दै हिन्दु नेपालीहरुको महान चाड बिजयादशमी तथा दिपावलिको सबैमा शुभकामना सहित वडाले विद्यार्थी सम्मान गरेकोमा धन्यवाद दिनुभयो ।

वडा कार्यलयको सभाहलमा वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आचार्यले राम्रो नतिजा ल्याउने विद्यार्थीलाई बधाई सहित चाडबाडको समयमा स्वास्थ्य सुरक्षा  र समाजमा ध्यान दिन आग्रह गर्दै वडामा यसबर्ष विभिन्न योजनामा ३ करोडको काम हुने जानकारी दिनुभयो ।

रामपुर नगरपालिका वडा नम्वर ८ का वडा सदस्य विष्णुमाया गैह्रेको स्वागतबाट शुरु भएको हो भने संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com