काठमाडौं महानगरले ३५ वटा गाउँपालिकालाई दियो एम्बुलेन्स
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राखेका छन् । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभा गृहमा आएका उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्छन्, ‘हाम्रा लागि यो ठुलो सहयोग हो ।’
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत भन्छन्, ‘यो जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना हो ।’ वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी भन्छन्, ‘एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ ।