2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर साना सहरी खानेपानीको निर्वाचनको खर्च सार्वजनिक

रामपुर साना सहरी खानेपानीको निर्वाचनको खर्च सार्वजनिक


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ६ २०८२
316

पाल्पा ।

रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको निर्वाचन खर्च सार्वजनिक भएको छ । गत भदौ २१ गते भएको सस्थाको तेस्रो अधिबेशनको लागि भदौ ४ गते नामावली प्रकाशन तयारी देखि निर्वाचनबाट नेतृत्व हस्तान्तरणको समयसम्म भएको काममा निर्वाचन समितिको समन्वयमा खर्च सार्वजनिक गरेको हो ।

सस्थाका नवनिर्वाचित अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले निर्वाचित कार्यसमितिलाई बधाई सहित सस्थामा मितव्ययिता अपनाउन, राजनितीलाई पाखा राखी योजना कार्यान्वयनमा जोड दिन आग्रह गरेका थिए । खर्च सार्वजनिक कार्यक्रममा सस्थाको चौथो कार्यकालका लागि भएको तेस्रो अधिबेशनमा कुल ६ लाख २ रुपैया खर्च भएको निर्वाचन समितिका संयोजक सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

सस्थाका निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य, अर्थ, उद्योग एवं पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले नयाँ समितिलाई बधाई दिदै बाहिर दलिय एक्यवद्धता भएपनि सस्थामा आउदा स्वतन्त्र आएकोले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो। निर्वाचनमा अपनाइएको मितव्ययिता जस्तै सस्थाको हरेक काममा मितव्ययिता अपनाउन आग्रह गर्नुभयो ।
६२ करोड ८५ लाख परेको योजना र यो बर्ष ३ करोड परेकोमा अब लगत्तै कामका बारेमा छलफल गर्नुपर्ने उहाँको भनाई छ । योजना कसरी सफल बनाउन सकिन्छ भन्ने गरि लाग्न पनि उहाँले अनुरोध गर्नुभयो ।

इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले उल्लेखनीय काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
सस्थापक उपाध्यक्ष हुमनाथ न्यौपानेले सस्थालाई निर्वाचनले भार पारेपनि अब काम चुस्त गएर उपभोक्तालाई राम्रो पानी दिनुपर्ने बताउनुभयो ।

निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार हजुल मियाले राजनीति बाहिर गरेपनि सस्था भित्र आउदा सस्थाको हितमा काम गर्न र चुनाबमा मत माग्दै गर्दा बिबिध आएका समस्या समाधान गर्न निर्वाचित समितिलाई आग्रह गर्नुभयो ।

काङ्ग्रेसका उपसभापति देव बहादुर थापाले  मश्राङ्गीले निर्वाचनमा जादा जुन-जुन कुरा उपभोक्तामा पुगेको छ त्यो पूरा गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले उपाध्यक्ष अशोक श्रेष्ठले निर्वाचन नगरे दलले बाडे भन्ने लोकतान्त्रिक पद्धतिबाट निर्वाचन गरे चुनाव गरेर खर्च भयो भने कुरा चिर्नुपर्ने बताउनुभयो । नेकपा माओबादी केन्द्रका अध्यक्ष भिमबिश्व भट्टराईले मितव्ययितामा अझजोड दिन आग्रह गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष फण्डेश्वर गौतमले दलमुखी भन्दा जनमुखी हुन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले ट्यान्की भएर पनि दद्रानमा पानी खुवाउन नसक्नु दु:खद भएको र अबको समितिले पानी खुवाउनु पने बताउनुभयो । रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले सस्था चुस्तरुपमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

सस्थाका उपाध्यक्ष बिष्णुमाया ढकालको स्वागत र कोषाध्यक्ष भोजराज भट्टराईले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव निलकठ्ठ पोखरेलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com