2

Logo २०८३ बैशाख १३ आइतबार
खानेपानी समितिले लियो सपथ

खानेपानी समितिले लियो सपथ


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ३१ २०८२
631

पाल्पा ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् ।

गत भदौ २१ गते भएको सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले आइतबार सपथ संगै पदाभार ग्रहण गरेका हुन् । निर्वाचन पश्चात भदौ २२ गते साँझ मतगणना सम्पन्न भएको थियो । २३ गतेदेखि मुलुकमा उत्पन्न प्रतिकुल परिस्थितिका कारण पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण रोकिएको थियो ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो अधिवेशनबाट समितिको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । देेेशको परिस्थितिमा केही सुुुधार भएपछि निर्वाचन समितिले कार्यक्रम गरी सपथ ग्रहण गराएको हो ।

निर्वाचन समितिका संयोजक सुर्य दर्शन पण्डितको अध्यक्षतमा भएको बधाई तथा सपथ ग्रहण कार्यक्रममा निर्वाचन संयोजक पण्डितले निर्वाचन समिति, ब्लक संयोजक र लेखा समितिलाई सपथ खुवाउनुभएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति एवं संस्थाका निवर्तमान अध्यक्ष राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको उपस्तिथि थियो ।

निर्वाचन समितिका संयोजक सुर्य दर्शन पण्डितले नवनिर्वाचित अध्यक्ष कमलराज भट्टराई, उपाध्यक्ष विष्णुमाया ढकाल, सचिव निलकण्ठ पोखरेल, कोषाध्यक्ष भोजराज भट्टराई सहित कार्य समितिका पदाधिकारी, ब्लक संयोजक र लेखा समितिका पदाधिकारीलाई सपथ खुवाउदै प्रमाण पत्र प्रदान गर्नुभयो ।

निवर्तमान अध्यक्ष श्रेष्ठले नव निर्वाचित अध्यक्ष भट्टराईलाई माइन्युट प्रदान गरी पदभार हस्तान्तरण गर्नु भएको छ । प्रमुख अतिथी प्रदेश सभा सदस्य श्रेष्ठले नयाँ योजना कार्यान्वयन संगै खानेपानीको वितरण र व्यवस्थापन गर्दै अघि बढ्न शुभकामना दिनुभयो । उहाँले संस्था सबैको साझा भएकाले सरोकारवालाहरु संग समन्वय र सहकार्य गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । फरक प्रसंगमा उहाँले जेन जि आन्दोलनले मुलुक नयाँ सन्देश दिएको बताउँदै अब दलहरु सच्चिएर युवा पुस्तालाई अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले शुभकामना व्यक्त गर्नुहुँदै शुद्ध पिउने पानी उपभोग गर्न पाउने नागरिकको अधिकारको सुनिश्चित गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । नगरपालिका खानेपानीको व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्न सदा तयार रहेको उहाँको भनाई थियो ।

नव निर्वाचित अध्यक्ष कमलराज भट्टराईले विद्युत महसुल वृद्धि हुँदा समस्या भएको बताउँदै तत्काल बैठक राखी घटाउन पहल गर्ने, खानेपानी आपूर्ति व्यवस्थापनमा ध्यान दिने, नयाँ योजना माग संगै कार्यान्वनका लागि सरोकारवालाहरु संग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

निर्वाचन समितिका संयोजक सुर्य दर्शन पण्डितले निर्वाचन सफल बनाउन सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा भएको कार्यक्रम निर्वाचन समितिका सदस्य बालकृष्ण लम्सालको संचालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com