2

Logo २०८३ बैशाख १३ आइतबार
तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ३० २०८२
799

काठमाडौं ।

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com