2

Logo २०८३ बैशाख १३ आइतबार
अध्यक्षमा माओबादीका भट्टराई, अन्य पदमा काङ्ग्रेस निर्वाचित, एमाले ब्लकमा सिमित

अध्यक्षमा माओबादीका भट्टराई, अन्य पदमा काङ्ग्रेस निर्वाचित, एमाले ब्लकमा सिमित

संघीय निर्वाचनको झल्को दिने खानेपानीको कडा निर्वाचन

Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
3.5K

पाल्पा ।

संघीय निर्वाचनको झल्को दिने गरि पाल्पाको रामपुरमा भएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनुभएको छ । भट्टराई बामघटक दलको साझा उमेदवार हुनुहुन्छ ।

खानेपानी सस्थाको अध्यक्षमा कुल १३०६ मत ल्याएर भट्टराई बिजयी हुनुभएको हो । नेपाली काङ्ग्रेसका उमेदवार हजुल मिया भन्दा बामघटकबाट नेकपा एकीकृत माओबादीका उमेदवार रहनुभएका भट्टराई मतगणनामा झण्डै शुरुदेखी नै अगाडी हुनुहुन्थ्यो । निरन्तर पछ्याइरहनुभएका हजुल मियाले १११२ मत ल्याउनुभयो ।  १९४ मतको अन्तरले भट्टराई बिजयी हुनुभएको हो । अन्य पदमा भने नेपाली काङ्ग्रेसका उमेदवार बिजयी भएका छन् ।

उपाध्यक्षमा १२२५ मत ल्याएर बिष्णुमाया ढकाल बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी प्रेम प्रकाश श्रेष्ठले ११०१ मत अर्थात् १२४ मतको अन्तरले ढकाल बिजयी हुनुभएको हो । सचिव पदमा २०१ मतको अन्तरले निलकठ्ठ पोखरेल बिजयी हुनुभयो । पोखरेलका प्रतिद्वन्दी कीर्तिमान श्रेष्ठले १०३६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदमा ६२२ को सबैभन्दा ठूलो अन्तरले बामघटकबाट एकीकृत समजबादीका उमेदवार रहनुभएका खेमराज घिमिरेलाई पछि पार्दै १४५० मत ल्याएर भोजराज भट्टराई कोषाध्यक्षमा निर्वाचित हुनुभयो । घिमिरेले ८२८ मत प्राप्त गर्नुभयो ।  सदस्य पदमा नेपाली काङ्ग्रेसका उमेदवार बिजयी हुनुभएको छ । बिष्णु प्रसाद आचार्यले १०६८ मत, मुना थापाले १०६४ मत, राजकुमस्र श्रेष्ठले १०५० मत, सरस्वती डोटेलले १०३७ मत र टेक बहादुर बिश्वकर्माले ९७५ मत ल्याएर सदस्य पदमा निर्वाचित हुनुभयो ।

सदस्यका उमेदवार रहेका दुर्गा बहादुर केसी बिजयी उमेदवार संग २ मतको झिनो मतले ९७३ मत ल्याएर हार व्यहोर्नुभयो ।
बिष्णुमाया सारुले ७९६ मत, मन्जुदेवी पोखरेलले ८१० मत, सुमित्रा ज्ञवालीले ७३३ मत र सुर्जे गैरेले ८२९ मत ल्याउनुभएको छ ।

कुल ३६८४ उपभोक्ता मतदाता रहेको निर्वाचनमा २५८८ मत खसेको थियो । निर्वाचनमा लेखा समिति र ब्लक संयोजकको प्रायः सबै पदमा नेपाली काङ्ग्रेसकै उमेदवार बिजयी हुनुभयो । बामघटकका ६ दल एकै ठाउँ र नेपाली काङ्ग्रेस छुट्टै गरि २ प्यानलगत चुनाबी मैदानमा होमिएको खानेपानी निर्वाचनमा नेपाली काङ्ग्रेसले ४ वटा ब्लक जितेको छ ।  ब्लक नम्बर १,३, ४ र ६ मा नेपाली काङ्ग्रेसका उमेदवार बिजयी भएका छन् । ब्लक नम्बर २ र ५ मा नेकपा एमालेका उमेदवार बिजयी भएका छन् ।

३७७ मत खसेको ब्लक नम्बर १ मा २३५ मतले कृष्ण प्रसाद अर्याल बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी लेखनाथ रेग्मीले ११२ मत प्राप्त गर्नुभयो । ब्लक नम्बर ३ मा वसन्त बहादुर मल्लले ३०१ र प्रतिस्पर्धी सुर्य प्रसाद श्रेष्ठको १६७ मत आएको छ । यस ब्लकमा ५३८ मत खसेको थियो । ५६२ मत खसेको ब्लक नम्बर ४ मा २६८ मत ल्याएर कृष्ण प्रसाद वाग्ले बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राम प्रसाद भण्डारीले २३३ मत प्राप्त गर्नुभयो । ब्लक नम्बर ६ का ओम नारायण श्रेष्ठको १७० र मोहन बहादुर थापाको १८३ मत आएको छ । निकै प्रतिस्पर्धा देखिएको यो ब्लकमा १३ मतले थापाले जित हासिल गर्नुभयो । कुल ३९४ मत खसेको थियो । ब्लक नम्बर २ मा २६६ मत खसेकोमा टोपनारायण ढकालले १४४ मत ल्याएर प्रतिस्पर्धी भोजराज भण्डारीलाई जित्नुभएको छ । भण्डारीले ८४ मत प्राप्त गर्नुभयो । त्यस्तै ब्लक नम्बर ५ मा बुद्धिप्रकाश श्रेष्ठले २११ मत र धन बहादुर रानाले १९४ मत ल्याउनुभएको छ । यस ब्लकमा ४५१ मत खसेको थियो ।

लेखा समितिमा सबैजना नेपाली काङ्ग्रेसका उमेदवार बिजयी हुनुभएको छ । लेखा समिति संयोजकमा दुर्गा प्रसाद पोखरेलले १२५१ मत ल्याएर बिजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी कृष्ण प्रसाद श्रेष्ठले ९११ मत प्राप्त गर्नुभयो । लेखा समितिमा काङ्ग्रेसका कमल आचार्यले ११०९ र मन्जु भट्ट क्षेत्रीले ९७५ मत ल्याएर बिजयी हुनुभयो र उहाँका प्रतिस्पर्धी बिपिन अधिकारीले १०६१ मत र पबित्रा कुमालले ७९९ मत ल्याउनुभयो ।

नेकपा एमाले, एकीकृत नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितका दलको प्यानल र नेपाली काङ्ग्रेस निकट गरि दुई प्यानल बीच भएको निर्वाचनमा कुल मतदाता मध्ये ७० दशमलव २५ ले मतदान गरेका थिए । ३ हजार ६८४ मतदाता मध्ये दुई हजार ५८८ जना उपभोक्ताको मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com