पाल्पामा महिलाकाे शव फेला
पाल्पा ।
पाल्पाकाे रम्भा-३ स्थित सितापहाड नजिकै शव बेवारिसे अवस्थामा फेला परेकाे छ । सिद्दार्थ राजमार्ग सडक नजिकै रहेको खोल्सामा अन्दाजी ३५ वर्ष उमेरको जस्तो देखिने महिला झाडिमा घोप्टो अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले उद्धार गरी उपचारको लागि युनाईटेड मिशन अस्पताल पाल्पा पठाएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेकाे छ । उक्त शव मिशन अस्पतालमा रहेको र हालसम्म पहिचान खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय पाल्पामा जनाएकाे छ ।
ती महिला वर्ण गहुँ गोरो, उचाई ५ फिट १ इन्च रहेकाे छ । निलो रङको कुर्ता, निलो रङको सुरुवाल र रातो रङको चुन्नी, दुवै हातमा १/१ वटा चुरा लगाएको, नाकमा नत्थी, बायाँ हातको नाडीमा पुतलीको ट्याटु र दुवै खुट्टामा कालो रङको नङ पोलिस तथा दुवै खुट्टाको औंलामा बिच्छु (औंठी) महिलाले लगाएकाे प्रहरीले उल्लेख गरेकाे छ ।