2

Logo २०८३ बैशाख १३ आइतबार
जिल्लामा रामपुरले मात्र ल्यायो हिंसा विरुद्ध न्याय सम्बोधनका लागि सिफारिस प्रणाली कार्यविधि २०८२

जिल्लामा रामपुरले मात्र ल्यायो हिंसा विरुद्ध न्याय सम्बोधनका लागि सिफारिस प्रणाली कार्यविधि २०८२


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२
729

पाल्पा ।

महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले सिफारिस प्रणाली कार्यविधि–२०८२” निर्माण गरि सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको आर्थिक सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा कार्यविधि तयार पारेको हो ।

जिल्लामा यस कार्यविधि ल्याउने पहिलो पालिका रामपुर नगरपालिकामा कार्यबिधी सार्वजनिक गर्नुहुँदै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले विभिन्न कानुन निर्माणमा ढिलाई हुँदा जनताले अनुभूती गर्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पूर्ण संस्थागत गर्न नसकेको बताउनुभयो । स्थानीय सरकारको एकल अधिकार अन्तर्गत कार्यविधि तयार भएको र सकेसम्म हिंसा हुन नदिने र भइहालेमा न्याय सुनिश्चित गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले स्थानीय सरकारलाई संविधानले अधिकार दिएपनि स्पष्ट कार्यविधि नहुँदा आफ्नै अधिकारभित्रका कामहरु गर्न कठिनाइ आउने गरेको बताउनुभयो । महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय दिन यस कार्यविधि ऐतिहासिक भएको बताउनुभयो ।

रामपुर नगरपालिकामा हालसम्म १७ वटा ऐन, ९ वटा नियमावली र ७८ वटा कार्यविधि तयार गरेको छ । कार्यविधि कार्यान्वयनमा नगरपालिका प्रतिवद्ध भएर लाग्ने थापाले बताउनुभयो । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले पिडितलाई उपलब्ध हुने सेवाहरुलाई प्रभावकारी बनाउन कार्यविधि सहयोगी हुने बताउनुभयो । इलाका प्रहरी कार्यालयका प्रमुख राम बहादुर नेपालीले कार्यविधिले न्यायको लागि सम्बन्धित निकायमा जानको लागि प्रेरित गर्ने बताउनुभयो ।

यसैगरी, सारथी नेपाल पाल्पाका अध्यक्ष विष्णुमायाँ थापाले कार्यविधि निर्माण समन्वय गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै हिंसा पीडितलाई सहजीकरण गर्न सदैव सस्था तत्पर रहेको बताउनुभयो ।

महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले कार्यविधिको बारेमा विस्तृत जानकारी दिनुभयो । उहाँले घरेलु हिंसा बढ्दो क्रममा रहेको भन्दै स्थानीय तहमार्फत छिटो न्याय सुनिश्चित गर्न यस प्रणालीले ठूलो योगदान दिने नगरपािलकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बताउनुभयो । हिंसामा परेका महिला तथा बालबालिकालाई मनोसामाजिक सेवा, शान्ति सुरक्षा, संरक्षण, स्वास्थ्य उपचार, कानुनी सहयोग, शिक्षा, पुनःस्थापना, परिवार मिलाप लगायतका सेवा उपलब्ध गराउनको लागि स्थानीय तहमार्फत प्रणाली निर्माण गरिएको हो ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र घरेलु हिंसा सम्बन्धी कानुनअनुसार स्थानीय सरकारको जिम्मेवारी पर्ने कार्यविधि स्थानीय सरकारले ल्याएको हो ।व्यक्तिगतरुपमा वा सेवाप्रदायकमार्फत छिटो सेवा दिन स्थानीय तहलाई सहयोग पुर्याउन यो निर्देशिका तयार गरिएको हो।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम नगर उपप्रमुख बालकुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com