पाल्पामा स्क्रब टाइफस संक्रमित बालिकाकाे मृत्यु
पाल्पा ।
पाल्पाकाे रैनादेवी छहरा-१ की ११ वर्षीया बालिकाकाे स्क्रब टाइफसका कारण मृत्यु भएकाे छ ।
उनकाे तीन दिनअघि उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे । अत्यधिक ज्वराे आउनेजस्ता समस्या देखिएपछि उनलाई रूरू प्राथमिक उपचार केन्द्रमा उपचारका लागि पठाइएकाे थियाे । तर त्यहाँ उपचार हुन नसकेपछि तानसेन रिफर गरिएकाे र बाटामै ल्याउँदा मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पाेखरेलले जानकारी दिनुभयाे ।
स्क्रब टाइफस सङ्क्रमण भएका मानिसमा अत्यधिक ज्वराे आउने, टाउकाे दुख्ने, शरीरका जाेर्नी दुख्ने, आँखाका गेंडी राताे हुने र शरीरमा बहुरूपी समस्या देखिने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले बताउनुभयाे । यस्ताे लक्षण देखिए तत्काल अस्पतालमा पु-याएर बिरामीकाे उपचार गर्नुपर्ने उहाँले बताउनुभयाे ।