2

Logo २०८३ बैशाख १३ आइतबार
लागूऔषध सहित स्याङ्जाबाट दुई जना पक्राउ

लागूऔषध सहित स्याङ्जाबाट दुई जना पक्राउ


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२
666

पाल्पा ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोक कास्की बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङलाई सोमबार नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले डाइजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल, फेनेरागन ३७ एम्पुल गरी जम्मा ११० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५४५१ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुको साथबाट लागु औषध सहित नियन्त्रणमा लिएको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com