2

Logo २०८३ बैशाख १३ आइतबार
ब्रह्माकुमारी डा.दादी प्रकाशमणिको स्मृति दिवसमा बिश्वभर एकैसाथ रक्तदान

ब्रह्माकुमारी डा.दादी प्रकाशमणिको स्मृति दिवसमा बिश्वभर एकैसाथ रक्तदान


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२
939

पाल्पा ।

रक्तदान नै जीवन दानको सन्कल्प सहित ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय रामपुरमा रक्तदान कार्यक्रम भएको छ ।

ब्रह्माकुमारी डा. दादी प्रकाशमणी ज्युको १८ औं स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको उपलक्ष्यमा बिश्वभर नै ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालयले रक्तदान कार्यक्रम गरेको छ । शाखाले गरेको रक्तदान शिविरबाट २३ पिन्ट रगत संकलन गरेको छ ।

विश्व वन्धुत्व दिवस तथा ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालयका पूर्व मुख्य प्रशाशिका डा. प्रकाशमणी ज्यूको पुण्य स्मृति दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको समन्वय र लुम्बिनी मेडिकल कलेज तानसेनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।

उहाँको स्मृति दिवसको अवसरमा अगष्ट २२ देखि २५ गते सम्म अर्थात् भदौ ६ देखि ९ गतेसम्म सय घण्टा भित्र विश्वभर बाट एक लाख युनिट रगत संकलन गर्ने उद्देश्यले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले बिश्वभर नै यो अभियान सञ्चालन गरेको हो ।

रगतको कमीले कोही विरामीको ज्यान जोखिममा नपरोस् वा रगत नै नपाएर कोहीको पनि जिवनको अन्त्य हुने स्थिति नआओस् भनेर रक्तदान तथा संकलन शिविर चलाएको ब्रह्माकुमारी इश्वरीय बिश्वबिद्धालय रामपुर शाखा प्रमुख सरस्वती पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा रामपुर जेसिस, रोटरी क्लब, रामपुर युवा क्लब, स्थानीय उद्योगी व्यवसायी, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी लगायतले रक्तदान गरेका थिए । शिबिरमा २३ जनाले रक्तदान गरेका छन् ।

रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रक्तदानले जीवन रक्षाका लागि रगत दान अमुल्री दान भएको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले रक्तदानको महत्वको बारेमा सचेतना जगाउन कार्यक्रमले टेवा पुर्‍याएको बताउनुभयो ।

संकलन भएको रगत लुम्बिनी मेडिकल कलेज तानसेनमा स्टोर गरेर राखिने र आवश्यक परेको स्थानमा पठाउने नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखा सभापति मनोरथ भट्टराईले जानकारी दिनुभयो । लुम्बिनी मेडिकल कलेज प्रभासका प्रयोगशालाकर्मी कुमार राना र सुजन कार्कीले स्वास्थ्य जाच परीक्षण तथा परामर्श पछि रक्तदानको प्रबन्ध गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com