2

Logo २०८३ बैशाख १३ आइतबार
एउटै बिदामा प्रदेश सरकारको दुई सूचना

एउटै बिदामा प्रदेश सरकारको दुई सूचना


Sabalnews प्रकाशित मिति : शुक्रबार, साउन ३१ २०८२
827

पाल्पा

लुम्विनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भगवती जात्राकाे बिदाका बारेमा दुई वटा सूचना प्रकाशन गरेकाे छ । पहिलाे पटक प्रकाशन गरिएकाे सूचनामा मन्त्री परिषद्काे निर्णय अनुसार यही भदाैँ १ गते भगवती जात्रा परेकाले पाल्पा जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिइएकाे उल्लेख छ । साे सूचनाका मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले हस्ताक्षर गर्नुभएकाे थियाे ।

त्यसबारेमा सम्बन्धित समुदाय भनेकाे के हाे ? भनेर प्रश्न आएपछि पुन अर्काे सूचनामा भदाैँ १ गते भगवती जात्राकाे दिन पाल्पा जिल्लाभर सार्वजनिक बिदा भनेर सूचना प्रकाशन गरिएकाे थियाे । उक्त सूचनामा मन्त्रालयका छैठाैँ अधिकृत भुपबहादुर मल्लले हस्ताक्षर गर्नुभएकाे थियाे ।

मन्त्रालयले पहिलाे पटक सूचना प्रकाशन गर्ने क्रममा सम्बन्धित समुदायबारे स्पष्ट पार्न नसक्दा दुई वटा सूचना प्रकाशन गर्नुपरेकाे छ । पहिलाे पत्रमै सम्बन्धित समुदाय (पाल्पा जिल्ला) भनेर उल्लेख गरेकाे भए एउटै प्रयाेजनका लागि दुई वटा सूचना प्रकाशन गर्नुपर्ने थिएन ।

-पहिलो सुचना )

-दोस्रो सुचना

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com