2

Logo २०८३ बैशाख १३ आइतबार
सडक कार्यसम्पादन मूल्याङ्कनमा बागलुङ नगरपालिका उत्कृष्ट

सडक कार्यसम्पादन मूल्याङ्कनमा बागलुङ नगरपालिका उत्कृष्ट


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन २३ २०८२
960

बागलुङ ।

विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिका भित्र कार्यान्वयन भइरहेका तीन वटा सडक कार्यसम्पादन मूल्याङ्कनमा बागलुङ नगरपालिका उत्कृष्ट नगरपालिकामा पर्न सफल भएको भनि बागलुङ नगरपालिका सम्मानित भएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेको तीन प्रमुख सडक योजनाहरूको सफलतापूर्वक संचालन र कार्यान्वयनको मूल्याङ्कन गर्दै नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

रु ५८ करोड अनुदानमा निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर, वडा नम्बर ४ स्थित ओडारचौरबाट ढोडेनीसम्म २ दशमलव २ किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको १ दशमलव ५ किमी सडक कार्यान्वयनमा भएको प्रगतिको मूल्याङकन गरेर सम्मान गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com