एसइई परीक्षा उत्कृष्टलाई लक्ष्मी लघुवित्तको छात्रवृत्ति
पाल्पा ।
लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले एसईई परीक्षा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड निस्दी गाउँपालिका वडा नं २ केन्द्र नम्बर ११८ मा आबद्ध सदस्य लक्ष्मी रानाको छोरी अनमीका राना मगरले गत माध्यमिक शिक्षा परीक्षा एसईईमा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोले सस्थाले उच्च शिक्षाको सहयोग स्वरुप छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
शिक्षा क्षेत्रमा देखाएको निरन्तर लगनशीलता परिश्रम र उपलब्धिको सम्मान स्वरूप हामीले उनको आगामी शैक्षिक उन्नयनका लागि प्रशंसापत्र सहित छात्रवृत्ति प्रदान गरेका हौ,लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड रामपुरका प्रमुख दल बहादुर थापाले भन्नुभयो । अनामिका राना मगरको पढाइ राम्रो र निरन्तर लगनशीलले गर्दा यो प्रगति भएको बताउदै उहाँले रानालाई बधाई सहित उच्च शिक्षाको लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकबाट २०६८ फाल्गुन २३ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बित्तिय सहयोगमा सहभागी हुँदै आएको छ ।
२०६९ जेष्ठ २२ गते नुवाकोटको बटारबाट लघुवित्त कारोबार शुरु गरेको सस्थाले हाल देशका ५६ जिल्लाहरूमा ९० वटा शाखा कार्यालयहरू बिस्तार गरि १ लाख भन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा दिदै आएको छ।
स्थानीय जनप्रतिनिधि, स्थानीय शिक्षक तथा जनसमुदाय र केन्द्रका सदस्य एवं संस्थाका कर्मचारीहरूको रहोबरमा वित्तीय सहयोग उपलब्ध गराइएको हो ।