2

Logo २०८३ बैशाख १३ आइतबार
पानी नपर्दा किसानलाई धान रोपाइँमा समस्या, यसवर्ष पाल्पामा ढिलो रोपाई

पानी नपर्दा किसानलाई धान रोपाइँमा समस्या, यसवर्ष पाल्पामा ढिलो रोपाई


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
1.5K

पाल्पा ।

यस वर्ष पाल्पाका किसानले पर्याप्त आकाशे पानी नपर्दा रोप्न पाएका छैनन् । पर्याप्त पानी नपर्दा जिल्लाको ठूला फाँटहरू रामपुर, माडी, अर्गली, गेझा, झडेवा, पूर्वखोला, कचललगायतका फाँटमा धान रोपाइ अझै सकिएको छैन ।

धान खेतीका लागि सिंचाईको सुबिधा नहुँदा वर्षातको पानी कुर्नुपर्ने बाध्यता पाल्पाका किसानलाई छ । गत वर्ष यही बेलामा ९५ प्रतिशत बढी धान खेती हुने क्षेत्रमा रोपाइँ भइसकेकोमा यो वर्ष पर्याप्त पानी पर्न नसक्दा अहिलेसम्म ६० प्रतिशत मात्र धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

यो वर्ष जिल्लामा पर्याप्त पानी पर्न सकेको छैन, त्यसले धान रोपाइँ बढ्न नसकेको हो, ज्ञान केन्द्रका कृषि प्राविधिक सुरज पाण्डेयले भन्नुभयो-पाल्पाको माडी फाँटमा ८० प्रतिशत रोपाइँ भएतापछि रामपुरलगायतका अन्य फाँटहरूमा रोपाइँ सकिएको छैन । रोपाइँमा लागि वर्षा नहुँदा मुल फुट्न सकेको छैन । यस्तै टारी खेतको रोपाइँका लागि पानी पर्याप्त नभएको किसानको भनाई छ ।

पाल्पा जिल्लामा कुल खेती योग्य भूभाग २८ हजार ९५२ हेक्टरमध्ये आठ हजार २१० हेक्टरमा मात्र धान खेती हुने गरेको छ । त्यसमध्ये ३० प्रतिशत भूभागमा टारी खेत छ । जहाँ आकाशे पानीको भरमा मात्र धान खेती हुदै आएको छ ।
रोपाइँका लागि पानी नपुगेपछि किसानले राखेका धानका व्याड छिप्पिएर जसोतसो रोप्न बाध्य छन् । कतै पानीको पालो लगाएर किसानले धान रोपेका छन् । यस वर्ष पर्याप्त पानी नपर्दा समयमै धान रोपाइँ गर्न नपाएको रामपुर ५ का भिम बहादुर केसीले बताउनुभयो । पानी नपर्दा मकै खेती पनि भएन उहाँले भन्नुभयो- नहरको सानो पानीले हिल्याएपनि रोपो धान्न सकिने स्थिति छैन । रामपुर ६ का गोबिन्द ढुंगानाले पानी नपर्दा सबै बाली ढिलो-ढिलो हुँदै गएको बताउनुभयो । असार सकिन लाग्दा समेत रोपाई शुरु गर्न नसकिएको उहाँको भनाई छ । बगनासकाली २ पोखराथोकका किसान डिलबहादुर कुमालका अनुसार पानी नपरेपछि व्याड सुकेको छ ।

रोपाइँका लागि पुग्ने गरी पानी नपरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख अरविन्द कुमार त्रिपाठीले बताउनुभयो । पानी परेपनि मूल फुट्ने गरी पर्न नसक्दा किसान धान रोपाइँ गर्न समस्या भएको उहाँले बताउनुभयो । पाल्पा जिल्लाको प्रमुख बाली धान हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com