2

Logo २०८३ बैशाख १३ आइतबार
सिद्धबाबाको पहिरोले लग्यो फेरि एक युवा, श्रीमती घाइते

सिद्धबाबाको पहिरोले लग्यो फेरि एक युवा, श्रीमती घाइते


Sabalnews प्रकाशित मिति : मंगलबार, असार २४ २०८२
2.7K

पाल्पा ।

पाल्पाको तिनाउ–३, माथिल्लो सिद्धबाबा नजिकै पहिरोले लाग्दा श्रीमान् को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–६, का ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै सोही स्थानकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

मंगलबार बेलुकी ६.१५ बजेतिर बुटवलबाट पाल्पातर्फ आउने क्रममा तिनाउ गाउँपालिका–३, माथिलो शिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई लागेको थियो ।

पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे । चापागाईको उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले साे क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेकाे छ । पानी परेकाे बेलामा जुनसुकै बेलामा पहिराे खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेकाे हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com