2

Logo २०८३ बैशाख १४ सोमबार
बगनासकाली गाउँपालिकाद्दारा कर्मचारी र खेलाडी सम्मानित

बगनासकाली गाउँपालिकाद्दारा कर्मचारी र खेलाडी सम्मानित


Sabalnews प्रकाशित मिति : सोमबार, असार १६ २०८२
953

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिकाबाट कर्मचारी तथा खेलाडी सम्मानित भएका छन् । गाउँपालिकाभित्रका वडासहित विभिन्न शाखामा रहेर लगनशील, एवम् इमान्दार भई कार्यालयको कार्यसम्पादन गर्ने उत्कृष्ट कर्मचारीहरूलाई सोमबार सम्मान गरिएको हो ।

गाउँपालिकाले १८ औं गाउँसभाको अवसर पारेर ८ जना कर्मचारी र एक खेलाडीसहित नौ जनालाई गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले सम्मानपत्र, खादा, टोपी र नगदसहित सम्मान गर्नुभएको हो ।

सम्मानित कर्मचारीमा शिक्षा शाखासहित वडा र विभिन्न शाखामा कार्यरत वरिष्ठ प्रशासन सहायक नारायण तिमिल्सिना, वडा नं. ८ का स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.व. गोमबहादुर क्षेत्री, स्वास्थ्य शाखामा सि.अनमी पदमा कार्यरत संगिता थापा, पञ्जिकरण तथा सामाजिक सुरक्षा सेवा इकाईमा कार्यरत एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगाले, वडा नं. ५ मा वडा सहायक पदमा कार्यरत मदनलाल न्यौपाने रहनुभएको छ । यस्तैगरी वडा नं. ३ मा ना.प्र.स. पदमा कार्यरत पशुसेवा प्राविधिक कमलादेवी खनाल, गाउँपालिका कृषि शाखामा ना.प्र.स.पदमा कार्यरत कृषि प्राविधिक खिमराज कोइराला र वडा नं. २ का वडा सहयोगी सिंह बहादुर कुमाललाई सम्मान गरेको हो ।

गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनुभयो । यसैवीच गाउँ सभाकै अवसरमा अण्डर फोर्टिन नेशनल गेम अन्तर्गत क्रिकेट खेलमा लुम्बिनी प्रदेशकै दोस्रो हुने बगनासकाली गाउँपालिकाका वडा नं. २ का खेलाडी लेखनाथ न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा गाउँपालिकामा ६ वर्षबढी शिक्षा शाखामा रहेर कार्यसम्पादन गर्दै अनिवार्य अवकाश हुनुभएका शिक्षा अधिकृत गुनाराम खनाललाई विदाई गरिएको थियो । कार्यक्रममा बोल्दै खनालले गाउँसभाको अवसर पारेर सम्मानसहित विदाइ गरेकोमा गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिक्षा शाखामा रहेर खनालले बगनासकाली गाउँपालिकामा २०७६ बैशाख १ देखि २०८२ बैशाख ३ गतेसम्म सेवा गर्नुभई अनिवार्य अवकास हुनुभएको गाउँपालिकाले जनाएको छ । सम्मान तथा विदाई कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुजन घिमिरेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com