भैरब जनता मा.वि.भैरबस्थानको ७३ औं वार्षिकोत्सब सम्पन्न
पाल्पा ।
रिब्दीकोट गाउँपालिका वडा न. ४ को भैरब जनता मा.वि. भैरबस्थानको ७३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघाराज पौडेलको अध्यक्षतामा भएको वार्षिकोत्सब समारोहमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले शिक्षा नै समाजको उज्यालो ज्योती भएको र समाजको सकारात्मक परिवर्तनका लागी शिक्षा महत्त्वपूर्ण रहेको तथा ३ तहका सरकारले नै शिक्षा क्षेत्रमा ठूलो लगानी खर्च गरेको वर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको शिक्षा सुधार गर्नका लागी शिक्षासंग आवद्व सबै पक्षहरुलाइ आग्रह गर्नुभयो ।
समारोहमा रिब्दीकोट गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष सोम बहादुर कार्की, वडा न. ३ का वडा अध्यक्ष नारायण बहादुर के.सि., निवर्तमान उपाध्यक्ष लक्ष्मी खनाल ज्यूहरुको बिशिस्ट आतिथ्यता एवं वडा न. ४ का जनप्रतिनिधि ज्यूहरुको आतिथ्यता, विद्यालयका शिक्षकहरु, अभिभावकहरु, विध्यार्थिहरु, शिक्षाप्रेमी, समाजसेवी बुद्विजिजी लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा सभ्य, भब्य र उत्साहजनक उपस्थितिमा विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
समारोहमा आफ्नो बिषयमा १००% रिजल्ट दिन सफल शिक्षकहरु एवं कक्षा १० र १२ मा राम्रो नतिजा प्राप्त गर्ने विध्यार्थिहरुलाइ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको छ।