एसइई रिजल्ट प्रकाशन, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं ।
माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन गरेको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई ६१.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यस अघि आज रिजल्ट सार्वजनिक गर्ने कार्यतालिका थियो । गत शैक्षिक सत्र २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो । यस वर्ष एसईई परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । नतिजा विभिन्न माध्यम बाट हेर्न सकिने बोर्डले जनाएको छ ।
एसईई नतिजा एसएमएस र निम्न अनुसारका वेभसाइटमा गएर हेर्न सकिन्छ ।
