इरानबाट उद्दार गरिएका बुटवलका २ युवासंग मेयर पाण्डेले गरे भेट
बुटवल ।
इरानबाट उद्दार गरेर मंगलबाट घर आएका बुटवलका २ युवालाई बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले भेट गर्नुभएको छ ।
युद्धग्रस्त इरानको तेहरानमा रहेका नेपाली युवालाई नेपालको परराष्ट्र मन्त्रालय र भारतीय दुतावासको समन्वयमा भारत सरकारले भारतीय नागरिकलाई उद्दार गरेका बखत उद्दार गरेको थियो । सोमबार दिल्ली आइपुगेका युवा गाडीको बाटो हुँदै मंगलबार बुटवल आइपुगेका हुन् । बुटवल १२ का गणेश प्रसाद पोखरेल र बुटवल १३ का सुमन गैरेलाई उहाँकै घरमा गई नगर प्रमुख पाण्डेले इरानको त्रास र उद्दारको चरणका अबस्थाका बिषयमा कुराकानी गर्नुभयो ।
पाल्पा रैनादेवीछहरा सोमादीका पुरानो बासिन्दा रहनुभएका पोखरेलले १६ बर्षदेखि इरानमा रहेर काम गर्दै आएको बताउनुभयो । उहाँले इरानको त्रास तेहरान काम गर्ने ठाउँमा कम परेपनि बमको आवाज सुनिएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्र मन्त्रालयबाट भारत सरकार संग समन्वय गरेपछी भारतीय उद्दार टोली र दुताबासले उद्दार गरेर आफुहरुलाई भारत ल्याएको बताउनुभयो ।
सन् २००७ देखि इरान बस्नुभएका पुर्ख्यौली अर्घाखाँचीका सुमन गैरेले इरानमा मिसाइल फाल्दा बिहान मात्र सडकमा मादल जस्तो खोक्रो देखेको तर जान रोक लगाएर सुरक्षा घेराभित्र लिएको आफुले देखेको बताउनुभयो । एउटा भवनलाई लक्षित गरेर हान्दा ५/७ घरमा क्षती र हाताहाती भएको बताउनुभयो । हाल द्वन्द रोकिएको र लामो बसाइमा अरु केही अफ्ठेरो नपरेकोले अब छिट्टै पुनः इरान फर्कने सोच राखेको उहाँले बताउनुभयो । ११ जना नेपालीमा आफुहरु तत्काल २ जना आएको र बिहिबार बिहान र दिउँसो गरि अन्य ७ जना पनि आउने जानकारी दिनुभयो । बुटवलका र अन्य ३ जना उदयपुरका नेपाली एकै ठाउँमा बस्दै आएको बताउनुभयो ।
फर्किएका नेपाली र उनीहरुको परिवार संग भेटपछि बुटवलका मेयर पाण्डेले सबै जनालाई नगरमा चिया भेटमा सहभागी हुन आग्रह गर्नुभयो । आफ्नो र परिवारको सम्पन्नताको लागि लाखौ नेपाली बिदेश जान बाध्य भएको उल्लेख गर्दै आपतकालीन समयमा उद्दार र ज्यान जोगाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । तत्काल युद्ध रोक्ने सहमतिले ठूलो क्षति भएन पाण्डेले भन्नुभयो । तर जुनसुकै बेला पनि पुनः हुनसक्ने कुरामा सजक रहन सुझाउनुभयो ।