2

Logo २०८३ बैशाख १३ आइतबार
चापाकोट नगरप्रमुखद्दारा सर्पदंश उपचार केन्द्र स्थापना

चापाकोट नगरप्रमुखद्दारा सर्पदंश उपचार केन्द्र स्थापना


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ३ २०८२
736

स्याङ्जा ।

चापाकोट नगरपालिका ९ स्थित चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ।

केन्द्रको उद्घाटन नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले एक कार्यक्रमबीच गर्नुभयो। उद्घाटन समारोहमा नगरप्रमुख खाँणले सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै अब सर्पले डसेका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। साथै, अब सर्पदंशको उपचारका लागि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको पनि उहाँले बताउनुभयो।

नगरपालिकाको आफ्नै पहलमा स्याङ्जा जिल्लामै पहिलोपटक यस्तो उपचार केन्द्र चापाकोटमा स्थापना गरिएको हो। यसले स्याङ्जा मात्र नभई छिमेकी जिल्ला तनहुँ, पाल्पा लगायतका जनतालाई पनि सहज हुने अपेक्षा गरिएको छ। सर्पदंश उपचार केन्द्रमा आवश्यक सबै उपकरणहरू जडान भइसकेको र उपचार सेवा सुरु भएको चापाकोट अस्पतालका डा. अर्जुन पाण्डेले जानकारी दिनुभयो। सेवा सुरु भएसँगै स्थानीयवासी उत्साहित छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com