2

Logo २०८३ बैशाख १३ आइतबार
पुर्वखोलाको रिङ्नेरहमा पोषण अभिमुखिकरण तथा लेखाजोखा कार्यक्रम

पुर्वखोलाको रिङ्नेरहमा पोषण अभिमुखिकरण तथा लेखाजोखा कार्यक्रम


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ३ २०८२
911

पाल्पा ।

पूर्वखोला गाउँपालिका अन्तर्गत रिङ्नेरह स्वास्थ्य चौकीमा  पोषण अभिमुखिकरण तथा लेखाजोखा कार्यक्रम भएको छ।

कार्यक्रमले विशेष गरी सुनौलो हजार दिनका आमालाई पोषणसम्बन्धी जानकारी र लेखाजोखा सम्बन्धी अभिमुखिकरणमा केन्द्रित रहेको थियो।

 स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य बासुदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले पोषणको महत्व र स्वास्थ चौकीमा नियमित सेवा लिने बच्चाको तौल लिने आमा र परिवारलाई नियमित गर्नुपर्ने चेकजाच, खानपान, सरसफाइ बारे जानकारी दिनुभयो । यसले कुपोषण अन्त्य गर्न मद्दत पुग्ने बताउनुभयो ।

सुनौलो हजार दिनका र  २४ पटक वृद्धि अनुगमनमा सहभागी भएका बालबालिकाका अभिभावकहरूलाई प्रोत्साहन स्वरूप पोषणयुक्त सामाग्री पुरस्कार स्वरुप वितरण गरिएको थियो।

स्वास्थ्य चौकी प्रमुख राज आचार्यले कार्यक्रम सञ्चालन  गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com