लुम्बिनी र गण्डकीको सिमाना कालीगण्डकी करिडोरको डमरामा अस्थायी प्रहरी चौकी
पाल्पा ।
कालीगण्डकी करिडोर अन्तरगत पाल्पाको बालामलाङ र गण्डकीको डेढगाउँ स्थित भोटाहा सिमानामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले प्रहरी चौकी स्थापित गर्नुभयो । कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, निष्दी गा.पा. वडा नं.१ का वडा अध्यक्ष यम बहादुर राना, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले चौकी स्थापनाले शान्ति सुरक्षा र सेवा प्रवाहमा महत्वपुर्ण हुने बताउनुभयो ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका स्थानीय पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, स्थानीयवासी, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै, उक्त कार्यक्रममा निष्दी गा.पा.को तर्फबाट सो प्रहरी पोष्टलाई १ थान मोटरसाईकलको चाबी गा.पा.अध्यक्ष मुक्त बहादुर सारु,प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले हस्तान्तरण गर्नुभएको थियो ।