2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा न्यौपाने

नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा न्यौपाने


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ ३२ २०८२
960

पाल्पा ।

नेपाल निजामती कर्मचारी युनियन पाल्पाको नवौं अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

युनियनको शनिबार भएको ९ औं जिल्ला अधिवेशनले ओमप्रकाश न्यौपानेको नेतृत्वमा सर्वसहमतिमा नयाँ समिति चयन गरेको हो । यस अघि सचिवमा रहँदा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका अर्याललाई अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको हो ।

समितिको खुला उपाध्यक्षमा भगवती केसी, महिला उपाध्यक्षमा पुजा परियार, सचिवमा हरीबहादुर थापा, सहसचिव हुमबहादुर कुंवर, कोषाध्यक्षमा जीवन बस्याल चयन भएका छन् । यस्तै सदस्यहरुमा भिमसेन नेपाल, पशुपति न्यौपाने, सन्तोष दहाल, मधु पाण्डे, गंगा भण्डारी, संगीता दुधराज, विपना राना, जितकुमारी ढेंगा, पंकज रायमाझी, प्रकाश केसी, कृष्णबहादुर थापा, रेश्मीराज न्यौपाने र भोजराज अधिकारी रहेका छन् ।

यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । जहाँ केन्द्रीय प्रतिनिधिमा लिलामणी बस्याल, जीवन राना, रिमा आचार्य, गिरिराज घिमिरे, चन्द्रबहादुर आलेलाई  प्रदेश प्रतिनिधिमा पुनम धिताल, टिकाराम बस्याल, मणिराम अधिकारी, तुलसीराम काफ्ले र हरी प्रसाद पराजुली रहेका निर्वाचन अधिकृत शिव प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com