नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा न्यौपाने
पाल्पा ।
नेपाल निजामती कर्मचारी युनियन पाल्पाको नवौं अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
युनियनको शनिबार भएको ९ औं जिल्ला अधिवेशनले ओमप्रकाश न्यौपानेको नेतृत्वमा सर्वसहमतिमा नयाँ समिति चयन गरेको हो । यस अघि सचिवमा रहँदा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका अर्याललाई अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको हो ।
समितिको खुला उपाध्यक्षमा भगवती केसी, महिला उपाध्यक्षमा पुजा परियार, सचिवमा हरीबहादुर थापा, सहसचिव हुमबहादुर कुंवर, कोषाध्यक्षमा जीवन बस्याल चयन भएका छन् । यस्तै सदस्यहरुमा भिमसेन नेपाल, पशुपति न्यौपाने, सन्तोष दहाल, मधु पाण्डे, गंगा भण्डारी, संगीता दुधराज, विपना राना, जितकुमारी ढेंगा, पंकज रायमाझी, प्रकाश केसी, कृष्णबहादुर थापा, रेश्मीराज न्यौपाने र भोजराज अधिकारी रहेका छन् ।
यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । जहाँ केन्द्रीय प्रतिनिधिमा लिलामणी बस्याल, जीवन राना, रिमा आचार्य, गिरिराज घिमिरे, चन्द्रबहादुर आलेलाई प्रदेश प्रतिनिधिमा पुनम धिताल, टिकाराम बस्याल, मणिराम अधिकारी, तुलसीराम काफ्ले र हरी प्रसाद पराजुली रहेका निर्वाचन अधिकृत शिव प्रसाद देवकोटाले जानकारी दिनुभयो ।