2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ

पाल्पामा भतिजाकाे हत्या गरी फरार रहेका काका पक्राउ


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ २७ २०८२
925

पाल्पा ।

भतिजाको हत्या गरी फरार रहेका काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा माथागढी–१, का चिदीपानीका ५७ वर्षीय सन्तबहादुर सार्की रहेका छन् । उनी १४ वर्षपछि पक्राउ परेका हुन् ।

आफ्नै भतिजा १८ वर्षीय रनवीर नेपालीको हत्या गरी सार्की फरार भएका थिए । भतिजाको हत्या गरी उनी भारतको नयाँदिल्ली हरियाना क्षेत्रमा लुकीछिपी बस्दै आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वि.स. २०६८ कात्तिक १८ गते राति ११ बजे भतिजाको हत्या गरेको प्रहरीले जनाएको छ । घरायासी विवाद हुँदा काकाले चक्कु प्रहार गरेर भतिजाको हत्या गरेको प्रहरीले जनाएको छ ।

रुपन्देही जिल्लाको सिद्दार्थ नगरपालिका–१, बेलहियाबाट सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका काका कान्छी श्रीमती छोराछोरीसहित भारतको हरियाणा क्षेत्रमा लुकेर बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com