सीताकुण्ड दुग्ध सहकारीले खोल्यो दूध संकलन केन्द्र र बजारीकरण
पाल्पा ।
सीताकुण्ड दुग्ध सहकारी सस्थाले रामपुरमा आफ्नै दुग्ध संकलन केन्द्र खोलेको छ । रामपुर ५ नहरअफिसमा कार्यालय रहेको दुग्ध सहकारीले नहर अफिसबाटै दूध संकलन, बजारीकरण र विविधिकरणको रुपमा दूध र दूध जन्य पदार्थ बिक्रि केन्द्र खोलेको हो ।
रामपुरमा दुग्ध सहकारी स्थापना भएको दशक बढी भएको तर आफैले दुधजन्य पदार्थ बिक्रि नगरी किसान लक्षित कार्यक्रम गर्दै आएपनि अब किसानलाई बजार्सम्म सहकारीले नै जोड्नुपर्छ भनेर दूध संकलन र बिक्रि केन्द्र खोलेको सहकारीका अध्यक्ष मोहन प्रसाद भट्टराईले बताउनुभयो । सहकारीले दूध, दही, मही, नौनी, घ्यु, पनिर, छुर्पी, खुवा, कुराउनी लगायतका दुधबाट बन्ने चिजहरु बिक्रि गर्न शुरु गरेको छ । साथै सहकारीले बाहिर पठाउन सक्ने गरि तयारीमा जुटेको यहाँ हुँदै नभएको खण्डमा बजारको आबश्यकतालाई हेरेर दुधजन्य पदार्थ खरिद गरेर ल्याएर बिक्रि गर्ने छ ।
केन्द्रबाट दूध संकलन, बजारीकरण र विकेन्द्रीकरणको रुपमा अगाडि बढेको जनाएको छ । सहकारी सस्था स्थापना भएपछि गोठ सुधार, पशु विमा, अनुत्पादक पशु क्षतिपुर्ति, पशु सुत्केरी खर्च सहितका कार्यक्रम गर्दै आएको छ । सहकारीमा हाल सदस्य ४ सय २१ शेयरसदस्य रहनुभएको छ ।