2

Logo २०८३ बैशाख १३ आइतबार
बालमैत्री: रामपुर ५ मा वडा स्तरीय बालक्लब गठन

बालमैत्री: रामपुर ५ मा वडा स्तरीय बालक्लब गठन


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २५ २०८२
981

पाल्पा ।

रामपुर नगरपालिका वडा नम्बर ५ मा बालभेला तथा बालक्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । बालमैत्री स्थानीय शासन अबलम्बन कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका–५ मा भएको भेलाले वडा स्तरीय बालक्लब गठन समेत गरेको छ ।

रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका सामुदायिक र सस्थापक गरि ५ विद्यालय र १२ वटा टोलका बालक्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

भेलाले शारदा प्रसाद श्रेष्ठको अध्यक्षतमा १३ सदस्य वडा स्तरीय बालक्वल गठन गरेको छ । भेलामा बोल्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बालबालिकाको अधिकार, सामुहिक भावना विकास, नेतृत्व क्षमताको विकास र खेलकुदको माध्यमबाट शारीरिक मानसिक तथा चौतर्फी ज्ञान बढाउन वडा तहमा बालक्लबको विकास गरिएको बताउनुभयो ।

भेलामा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थीले बालक्लब के हो? यसको महत्त्व, गठन प्रक्रिया, काम कर्तव्य अधिकारको बारेमा सहजीकरण गर्नुभएको थियो ।  महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बालमैत्री स्थानीय शासन संगै बाल अधिकार, कर्तव्य, गलत मानसिकता/ सही मार्गदर्शनबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा ५ वटा विद्यालय १२ वटा बालक्लव तथा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सोही अवसरमा १२ वटा टोलका बालबालिकाहरुलाई खेलकुदका सामाग्री व्यामिण्टन, क्रिकेट, भलिबल र फुटबल खेलका सामग्री प्रदान गरिएको थियो ।

रामपुर नगरपालिका ५ नं. वडा सभाहलमा भएको कार्यक्रम कार्यपालिका सदस्य मायाँ नेपालीको स्वागत र वडा सचिव रजनी भण्डारीको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com