2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुरमा फुटबल र भलिवलको प्रशिक्षण शुरु

रामपुरमा फुटबल र भलिवलको प्रशिक्षण शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ १२ २०८२
617

पाल्पा ।

स्वास्थका लागी खेलकुद रास्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ रामपुरमा मेयर कप विविध खेलकुद प्रशिक्षण महिला /पुरुष भलिबल तथा फुटबल खेल प्रशिक्षण उद्गघाटन भएको छ ।

नगर खेलकुद बिकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले राम्रो,असल र अनुशासित खेलाडी बन्नको लागी प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउनुभयो । नगरप्रमुख थापाले खेल शिक्षा हो खेलबाट प्रतिभावान खेलाडी बन्न सकिने बताउनुभयो । उहाँले दक्ष खेलाडी निर्माण गर्न र रामपुरलाई खेलकुदको हबको रुपमा बिकास गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले खेलाडीहरुलाई प्रशिक्षणकाे माद्यमबाट असल खेलाडी बन्नको लागि शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटीका उपाध्यक्ष विशाल श्रेष्ठ, नेकपा माओबादी केन्द्र रामपुरका अध्यक्ष भिमबिश्व भट्टराई, एकिकृत समाजबादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, रास्ट्रिय स्वतन्त्र पार्टी रामपुरका प्रतिनिधि ईश्वरप्रसाद अधिकारी, रास्ट्रिय जनमोर्चा रामपुर नगरकमिटी अध्यक्ष रामप्रसाद गैरे ,दरैँठाटी माद्यामिक बिद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देबकाेटा, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल, कार्यपालिका सदस्य शारदा आचार्यले आफ्नो धारणा राख्नुभएको थियो ।

अध्यक्ष कमल सेनले खेलाडीहरुको क्षमता बिकासको साथै अनुशासित र स्वस्थ राख्नको लागि प्रशिक्षण राखिएको बताउनुभयो ।

रामपुर नगरपालिका पाल्पाको आयोजनामा भएको कार्यक्रममा नगरभित्रका खेलाडी, शिक्षक जनप्रतिनिधि,राजनीतिक दल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

दरैँठाटी माद्यामिक बिधालयको सभाहलमा भएको कार्यक्रमको संचालन सचिव राजु गुरुङ र स्वागत सदस्य डाेलराज श्रेष्ठले गर्नुभएको थियो । विद्यालय स्तरिय खेलकुद प्रशिक्षण यही जेठ २७ गतेसम्म चल्नेछ । फुटबलको प्रशिक्षण सरोज अधिकारी र भलिबलको प्रशिक्षण अन्त प्रसाद श्रेष्ठले गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com