सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्वास्थ्यमन्त्री पौडेललाई अवार्ड
सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई विश्व स्वास्थ्य संगठनले अवार्ड प्रदान गरेको छ ।
जेनेभामा आयोजित संगठनको ७८ औं सभाका क्रममा महानिर्देशक डा. टेड्रोसले विशेष सम्मान अवार्ड प्रदान गर्नुभएको हो ।
मन्त्री पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सूर्तीजन्य पदार्थको अगाडि र पछाडिको सबै भागमा चेतावनी छाप्नेसहितको व्यवस्था गरिएको निर्देशिका हालै स्वीकृत गर्नुभएको थियो ।