2

Logo २०८३ बैशाख १३ आइतबार
सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाको प्रथम जिल्ला परिषद् सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाको प्रथम जिल्ला परिषद् सम्पन्न


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ७ २०८२
1.3K

पाल्पा ।

सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाको प्रथम जिल्ला परिषद् सोमबार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामा वन उपभोगमा आएका समस्याका बिचमा छलफल गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । वनजंगलमा समेत सिमेन्ट, बालुवा र छडको प्रयोग गरेर संरचना निर्माण गरिएको छ,उहाँले भन्नुभयो तेस्रो मुलुकबाट ठूलो परिमाणमा सामाग्री आउछ यहीका ढुंगा माटो र काठ दाउराबाट निर्माण गर्नुपर्ने बताउनुभयो । वार्षिक कार्ययोजना बनाएर काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले सुरक्षामा चुस्त रहेको बताउदै काठको बिषयमा उपभोक्तामा अनुशिक्षण चाहिने बताउनुभयो। वन पैदावरको बिक्रि र राजस्वका बिषयमा लामो समयसम्म बिक्रि नगरिने प्रवृत्तिले राज्यको स्रोत गुमेको बताउनुभयो । काठको अबैध बिक्रीलाई नियन्त्रण गर्न सघाउन आग्रह समेत गर्नुभएका सुबेदीले उत्पादन बढाउने गरि रोपण, कुकाठ हटाएर आम्दानी लिन सकिने बिरुवा रोपण गर्न सबै उपभोक्तालाई अनुरोध गर्नुभयो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराईले सामुदायिक वन उपभोक्ता समिति दर्ता वा समयमै नवीकरण गर्नुपर्ने बताउनुभयो । नवीकरण नहुँदा राज्यले दिने अनुदानबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

कार्यक्रमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य भोजबहादुर विक, लुम्बिनी प्रदेश सदस्य कल्पना भण्डारी, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर लगायतले उपभोक्ताले नै वन जंगलको सदुपयोग गर्न मिल्ने कानुन बनाउनुपर्ने बताउनुभयो ।

यसैगरी पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, तानसेन वन उपभोक्ता महासंघका अध्यक्ष भवानी गौतम, स्थानीय पालिका महासंघ रैनादेवी छहरा गाउँपालिका अध्यक्ष श्रीकृष्ण आत्रेय, पूर्व जिल्ला अध्यक्ष सिंहबहादुर थापा, पूर्व महासचिव उमा विसी लगायतले तीन तहले बाँझिने गरी बनाएका वनसँग सम्बन्धित कानुनलाई संशोधन गरेर सहज बनाउनुपर्ने बताउनुभयो ।

पाल्पामा ७०४ वटा सामुदायिक वन उपभोक्ता समिति छन् । ६० हजार बढी उपभोक्ता आवद्ध रहेका महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ४० हजार हेक्टर बढी वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भएको छ ।

वन महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि पराजुलीको स्वागत र सचिव लक्ष्मी ज्ञवालीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com