2

Logo २०८३ बैशाख १३ आइतबार
गल्याङ नगरपालिकाद्वारा किसानलाई मौरीको घार वितरण

गल्याङ नगरपालिकाद्वारा किसानलाई मौरीको घार वितरण


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ ५ २०८२
806

स्याङ्जा ।

गल्याङ नगरपालिकामा मौरीपालक कृषकहरुलाई मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम गरेको छ।

गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत मौरी पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिका भित्रका मौरी पालन गर्न ईच्छुक किसानहरुका लागि १५५ मौरी सहितको घार र ७५ खाली घार गरि जम्मा २३० घार मौरी वितरण गरिएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरपालिकाका किसानहरु लाई मौरी पालन प्रति आकर्षण बढाई नगरपालिका भित्र एक घर एक मौरीको घार बनाउने बताउनुभयो । गल्याङ नगरपालिकाले यस अघि मौरी पालन सम्बन्धि तालिम पनि सञ्चालन गरिसकेको छ।

गल्याङ नगरपालिका को एक घर एक मौरी नितीलाई सफल बनाउदै मौरी पालनलाई व्यवसायिक बनाई मौरी जन्य उत्पादनमा वृद्धि गर्ने उद्देश्यले मौरीको घार वितरण  गरिएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com