गल्याङ नगरपालिकाद्वारा किसानलाई मौरीको घार वितरण
स्याङ्जा ।
गल्याङ नगरपालिकामा मौरीपालक कृषकहरुलाई मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम गरेको छ।
गल्याङ नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत मौरी पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिका भित्रका मौरी पालन गर्न ईच्छुक किसानहरुका लागि १५५ मौरी सहितको घार र ७५ खाली घार गरि जम्मा २३० घार मौरी वितरण गरिएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरपालिकाका किसानहरु लाई मौरी पालन प्रति आकर्षण बढाई नगरपालिका भित्र एक घर एक मौरीको घार बनाउने बताउनुभयो । गल्याङ नगरपालिकाले यस अघि मौरी पालन सम्बन्धि तालिम पनि सञ्चालन गरिसकेको छ।
गल्याङ नगरपालिका को एक घर एक मौरी नितीलाई सफल बनाउदै मौरी पालनलाई व्यवसायिक बनाई मौरी जन्य उत्पादनमा वृद्धि गर्ने उद्देश्यले मौरीको घार वितरण गरिएको हो।