2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा तेस्राे माडी महाेत्सव जेठ २ गतेदेखि

पाल्पामा तेस्राे माडी महाेत्सव जेठ २ गतेदेखि


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ १ २०८२
1.2K

पाल्पा ।

उद्याेग व्यापार सङ्घ माथागढीकाे आयाेजनामा यही जेठ २ गतेदेखि १४ गतेसम्म तेस्राे माडी महाेत्सव हुने भएकाे छ ।माथागढीकाे सराइमा महाेत्सव हुन लागेकाे मेला मूल आयाेजक समितिका संयाेजक एवं सङ्घका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभयाे ।

माथागढी-माडी क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु घरेलु तथा साना उद्याेगबाट उत्पादित बस्तुकाे बिक्री, स्थानीय कलासंस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले महाेत्सव गर्न लागेकाे थापाले पत्रकार भेटघाटमा जानकारी दिनुभयाे । महाेत्सवमा स्थानीय स्टललाई निशुल्क प्रवेश दिइने उहाँले जानकारी दिनुभयाे ।

महाेत्सवमा १ सय ५० बढी स्टल रहनेछन्। बाल उद्यान, लत्ता कपडा, खाद्यान्न, हाेटल, घरेलु सामग्रीका स्टल रहने उहाँले बताउनुभयाे । महाेत्सवमा ३ कराेडकाे काराेबार हुने र १ लाख दर्शकले अवलाेकन गर्ने सङ्घले जनाएकाे छ ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कमलराज तिमिल्सेनाले स्थानीय व्यापारी व्यवसायीकाे उत्पादनलाई प्रबर्धन गर्न महाेत्सव सफल हुने बिश्वास व्यक्त गर्नुभयाे । कार्यक्रम भेगराज थापाकाे अध्यक्षता, महासचिव खेमान दिशामगरकाे संचालनमा भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com